काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।
महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ९ हाल महानगरका अधिकृत० र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।
कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।
प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन् ।
डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए ।