ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई हातपात गरेका आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् ।
अधिवक्ता लामिछानेलाई जिल्ला प्रहरी परिसर ललितपुरले आइतवार साधारण तारेखमा छोडेको हो । उनलाई साधारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसर ललितपुर एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
लामिछानेमाथि गत बुधवार ललितपुर जिल्ला अदालतको कार्यकक्षमै बसेर काम गरिरहेकी तामाङलाई गालीगलौज गर्दै हातपात गरेको आरोप छ ।
कुटपीटलगत्तै पीडित कर्मचारीले परिसरमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।
पक्राउ परेका वकिललाई रिहा गर्नुपर्ने माग गर्दै कानून व्यवसायीहरू आज बेन्च बहिष्कार गरी आन्दोलनमा उत्रेका थिए ।
Facebook Comments Box