धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ विशालनगरका हर्कबहादुर सिम्सेली आइतवार पक्राउ परेका हुन् ।
कैलाली जिल्ला अदालतले २०७६ पुष ८ गते उनलाई ११ हजार ६८० रुपैयाँ जरीवाना तोकेको थियो । जरीवाना नतिरी फरार रहेका उनलाई हिजो पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
Facebook Comments Box