शान्ति मिसनका लागि कंगोमा तैनाथ नेपाली सेनाका अवस्था बुझ्न रक्षा सचिव नेतृत्वको पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
भिस्तारा एयरको उडान नम्बर युके १५६ मा साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दिल्ली हुँदै कंगो पुग्नेछ ।
टोलीमा रक्षा सचिव किरणराज शर्मा, सहसचिव प्रकाश पौडेल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, सहायक रथी कुमारबाबु थापा र विक्रम देव गिरी रहेको बताइएको छ ।
रक्षा सचिव नेतृत्वको टोलीले कंगोमा तैनाथ नेपाली सेनाको अपरेशनल र बन्दोबस्ती पक्षको निरीक्षण गर्ने बुझिएको छ ।
Facebook Comments Box