डोटीः हिक्मतबहादुर शाही डोटी वायलको आसपासको क्षेत्रमा परिचित नाम हो ।
केआईसिंह गाउँपालिका-४ वालयका शाहीकाे उमेर अहिले ७७ वर्ष भयो । उनी समाज सेवाका सवालमा सधैँ अग्रस्थानमा देखिन्छन् । हालै मात्र वर्षाका कारण ग्रामीण क्षेत्रमा क्षति पुगेको छ ।
नियमित रुपमा परेको पानीले कतै पुल बगाएको छ भने, कतै आवातजावत गर्ने बाटाहरुमा क्षति पुगेको छ । डोटीको वायलमा पनि वर्षाकै कारण आवातजावत गर्ने बाटाहरु अलपत्र परेका छन् ।
विशेष गरी वायलको मुख्य बजारदेखि गाउँपालिकाको भवनसम्म जाने बाटो अलपत्र परेको थियो । सोही बाटोलाई आवातजावत गर्न मिल्ने बनाउनका लागि श्रमदान गरिएको छ ।
सोही श्रमदानमा पनि देखिएका थिए, ७७ वर्षका हिक्मतबहादुर शाही । उनले गरेको श्रमदानलाई एक सन्देशका रुपमा समेत लिन सकिन्छ ।
Facebook Comments Box