बारा: बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ।
स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन्.
बोक्सी आरोपमा महिलामाथि कुटपिट हुँदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन्।
कुटपिटबाट लोहारिनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box