धनगढीः कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।
सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर—९ गोकुलेश्वर बजारमा डेरा गरी बस्दै आएका थिए।
घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box