दार्चुला: सोमबार रातिको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। रातिको वर्षाले सडक माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैबाट उक्त सडक खण्डको पनेबाजदेखि ऐरिछानासम्मको सडक अवरुद्ध भएको हो।
प्रहरीका अनुसार उक्त सडक खण्डको विभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ। पहिराको कारण मंगलबार जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन्।
Facebook Comments Box