धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने धनगढी आएका छन् । उनी श्रीमती निकिता पौडेलसहित मंगलवार धनगढी आएका हुन् ।
धनगढी आएका उनी आजै बाजुरातिर लागेका छन् । बाजुराबाट नारी टिभीको प्रशारण बुधवारबाट सुरु हुने र सो कार्यमा सघाउन तथा पत्नी निकितालाई साथ र हौसला दिन आजै बाजुरातिर लागेको पनि रविले जनाएका छन् ।
भोलिदेखि बाजुराको बुढिगंगा नगरपालिकाबाट नारी टिभिको नियमित प्रशारण सुरु हुने बताइएको छ ।
Facebook Comments Box