कञ्चनपुरः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् ।
उनी वेदकोट–३ स्थित अनमोल होटेल नजिक पानीको खाल्डोमा डुबिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box