दार्चुला: खलङ्गा–गोकुलेश्वर सडकखण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध भएको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ ।
वर्षाका कारण सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
मंगलवार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु भएको बताइएको छ ।
Facebook Comments Box