कञ्चनपुर: कञ्चनपुरमा एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरीले दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
आइतवार राति दोधारा चाँदनी–५ स्थित प्रकृति शुद्ध डेरीको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो ।
Facebook Comments Box