काठमाडौँ : नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) विनोद बिष्टविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीमा लेखापाल रहेका बिष्टमाथि भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोप छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको थियो।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१०(घ) मा उल्लिखित कसुर भएकोले निज उपर दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिई बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।
Facebook Comments Box