काठमाडौं : नेपाली काँग्रेस सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् सांसद डा. आरजू राणा देउवा जापानबाट फर्केकी छन् ।
राजधानी टोकियोमा भएको हिपको हड्डीको उपचारको फलोअपमा गएर आज फर्केकी हुन् । उनी कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९५ मा सिओलबाट साँझ साढे ५ बजे काठमाडौं आएको बुझिएको छ । गत ११ गते उपचारको लागि गएकी उनी १० दिनपछि फर्केकी हुन् ।
यसअघि गत महिना श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि नेपाल फर्केकी राणा लगत्तै जापान गएकी थिइन् । एक वर्षअघि पनि उनी फलोअपको लागि जापान गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो ।
अघिल्लो वर्ष साउनमा उनको पाठेघरमा समस्या देखिएपछि नयाँ दिल्लीमा उपचार गरियो । गत बैशाखमा सोही उपचारको फलोअपको लागि दिल्ली गएको पारिवारिक स्रोतको दाबी थियो ।