धनगढी: बाजुरामा एक कर्मचारीको नग्न तस्विर सार्वजनिक भएको छ। हालै करीब दुई साताअघि सार्वजनिक भएको सो तस्विरको विषयमा अहिले बाजुरामा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्।
स्रोतका अनुसार बाजुराको एक स्थानीय तह (गाउँपालिका) मा कार्यरत एक (अविवाहित) महिला कर्मचारीको नग्न तस्विर सार्वजनिक भएको हो।
खप्तड छेडेदह गाउँपालिका-६ का पूर्व वडाअध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता कुम्भ नाथले आफूसँग खिचिएको ती युवतीको तस्विर सार्वजनिक गरेका हुन्। नाथले आफ्नो फेसबुकको स्टोरीमा युवतीको तस्विर पोस्ट गरेका थिए। सो तस्विर सार्वजनिक भएपछि बाजुराका स्थानीयहरुले दुबैजनालाई कारबाहीको माग गरेका छन्।
यता ती युवतीले भने आफ्नो चरित्रहत्या हुने गरि आपत्तिजनक तस्विर सार्वजनिक गर्नेलाई कारबाही गराउन पहल गरिरहेको महेन्द्रनगरपोष्टलाई बताइन्। उनीहरुको पहिले सहमतिमै सम्बन्ध कायम भएको तर पछि विवाद भएपछि तस्विर सार्वजनिक भएको बुझिएको छ।