धनगढीः कैलालीमा बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–४ का नन्दराज कडेल र २७ वर्षीया पबित्रा शर्मा कडेल बुधबार दिउँसो पक्राउ परेका हुन्। उनीहरुलाई २०७१ मंसिरमा बहुविवाहको मुद्धामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवै जनालाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box