धनगढीः डिभिजन वन कार्यालय बैतडीले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्दैछ। यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरू कार्यालयहरूमा गरेर जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर उत्पादन गरेका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए।
डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरिएका हुन्।
नर्सरीमा उत्पादित बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताए। जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ।
नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस, तेजपात टिमुर, लगायतका बिरुवा उत्पादन गरिएका हुन्। किसानको आयआर्जनमा बृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको छ। गत वर्ष पनि एकलाख भन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गरेको थियो।