धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ गरेकी छिन् । धनगढी उपमहानगरपालिका३ बाट भन्सार छलीका सामानसहित धनगढी२ की ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन् ।
उनी भन्सार छलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगायतका ३१ हजार ६२० रुपैयाँ बराबरका सामानसहित पक्राउ परेकी सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै, धनगढीको मिलनचोकबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।
उता, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ वनदेवी जंगल क्षेत्रबाट माछासहित से ४ प ४६९ नम्बरको मोटरसाइकल गरी भन्सार छलीका एक लाख ३० हजार मूल्यको सामान बरामद गरिएको छ ।
Facebook Comments Box