कञ्चनपुरः महाकाली सिँचाई आयोजनाले तेस्रो चरणको नहरमा पानी छोड्ने भएको छ ।
तेस्रो चरण अन्तर्गतको ब्रह्मदेवदेखि फुलेली (घरकटुवा खोला)सम्मको मूल नहरमा भोलिदेखि पानी छोडिने आयोजनाले सूचनामार्फत जनाएको हो ।
शुक्रवारदेखि टनकपुर ब्यारेजबाट नहरमा पानी छोडी एक हप्तासम्म परीक्षण गरिने सूचनामा उल्लेख छ । साथै सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ ।
Facebook Comments Box