कैलाली: कैलालीमा विस्फोटक पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा विस्फोटक पदार्थसहित लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता पक्राउ परेका हुन् ।
उनलाई २९ किलो ५०० ग्राम विस्फोटक पदार्थसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।
Facebook Comments Box