काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको भनी नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ ।
निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको छ ।
‘हिजो काँग्रेस नेता शशाङ्क कोइरालाले अघिल्लो (प्रतिनिधिसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेस गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौँ।’
निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नबित्दै केही जिल्लाहरुबाट उल्लङ्घनका घटनाहरु दर्ता भएका छन् ।
Facebook Comments Box