धनगढीः धनगढीमा १० हजार बढी मूल्यको प्रतिबन्धित मासु बरामद गरिएको छ । १० हजार ८ सय मूल्य बराबरको २७ दशमलव ५ किलो कुखुराको काटेको खुला मासु धनगढी उपमहानगरपालिका–२ चेकप्वाइन्ट इलाकाबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नेपालमा प्रतिबन्धित आवश्यक कागजात नभएको उक्त परिमाणको मासु बरामद गरेको बताएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १२ (२) अनुसार बरामद गरिएको मासु नष्ट गरिएको जनाइएको छ ।
Facebook Comments Box