धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २८ वर्षीय विनोद चौधरी र टीकापुर ३ का २६ वर्षीय लंक चौलागाई रहेका छन् । उनीहरुलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट एक ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सडकघाटका २२ वर्षीय सुरज चौधरीसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।
Facebook Comments Box