धनगढीः मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडी विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार सम्मान गरेको हो।
कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान हुन्। यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गरेका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन्। अशोक धामी बझाङका हुन्।
तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ। यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो।
Facebook Comments Box