काठमाडौ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको समाधान खोजिने बताएका छन् ।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुलचोकमा कुराकानी गर्दै मन्त्री बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका हुन् ।
उद्योगी, व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको भन्दै मन्त्री बडूले सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने आग्रह गरे ।
Facebook Comments Box