धनगढी: अमेरिकाको टेक्ससमा एक खेलाडी दम्पतीलाई सम्मान गरिएको छ। सुदूरपश्चिम (कंचनपुर) घर भएका खेलाडी दिपक विष्ट र उनकी पत्नी आयशा शाक्यलाई सोमबार सम्मान गरिएको हो।
सुदूरपश्चिमेली नेपाली समाज, टेक्ससले विष्ट र शाक्यलाई सम्मान गरेको हो। उनीहरुलाई खेल क्षेत्रमा योगदान गरेर देशको गौरव बढाएको भन्दै सम्मानित गरिएको बताइएको छ।
विष्ट तेक्वान्दोका ओलम्पियन हुन् भने शाक्य अन्तर्राष्ट्रिय खेलाडी हुन्। सम्मानपछि सुदूरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष नवराज नाथ योगीले आफूहरू प्रवास, विदेशमा बसे पनि नेपालप्रति धेरै माया रहेको बताए। यस्तै विष्ट दम्पतीले पटकपटक स्वर्ण पदक प्राप्त गरेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको उनले बताए।
Facebook Comments Box