धनगढी: कैलालीमा नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–२ रामपुरका ३२ वर्षीय रेमन्त भनिने हेमन्त भुल पक्राउ परेका हुन् ।
उनलाई नागरिकता किर्ते मुद्दामा जिल्ला अदालत कैलालीले १४ वैशाख २०७१ मा १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । भुललाई इप्रका हसुलियाको टोलीले मंगलवार साँझ पक्राउ गरेको र आज अदालत पेश गरिने जनाइएको छ ।
Facebook Comments Box