बैतडी: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका तीन क्याम्पसले नवीकरण नगरेको पाइएको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १७५ क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको हो ।
जसमा बैतडीको सुर्नया गाउँपालिका-६ स्थित शंकर बहुमुखी क्याम्पस, ५ स्थित रौलाकेदार बहुमुखी क्याम्पस र दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंको निङ्गलाशैनी क्याम्पस नवीकरण नगरेका क्याम्पसहको सूचीमा छन् ।
बैतडीका यी क्याम्पस विद्यार्थी अभावमा बन्द जस्तै अवस्थामा छन् ।
Facebook Comments Box