कैलाली: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ ।
बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो । हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए ।
आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको र भोलि बिहान ८ः३० बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
Facebook Comments Box