कैलाली: कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक पक्राउ परेका छन् ।
यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै प्रहरीले चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेल सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेल सञ्चालक भीम शाहीलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, ती होटेलहरुमा यौन व्यवसायमा रहेको भन्दै पाँच जना महिलालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
Facebook Comments Box