धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएका कारण विपद् प्रतिकार्यका लागि अलर्ट भएर बस्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वर्षातका कारण आउनसक्ने बाढि, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि चनाखो भएर बस्न निर्देशन दिएका हुन्।
शाहले विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्व तयारी गर्दै भइपरी आउने उद्दार तथा राहतका कामका लागि समेत अलट भएर बस्न भनेका छन्। बैठकमा प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
Facebook Comments Box