कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका जोड्ने सडकको बीचमा ठूलो भ्वाङ परेपछि दुर्घटनाको जोखिम बढेको छ।
बुधबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित सुतिया नालामा बनेको पुल नजिकको सडकमा ठूलो भ्वाङ परेको हो। सुतिया नालामा गत वर्ष पुल निर्माण कार्य सकिएको थियो। नालामा ढल निकासका लागि राखिएको हयूमपाइप सहि तवरले जडान नहुदा प्वाल परेको स्थानीयले बताए।
सडकमा प्वाल पर्दा सडक भासिने सम्भावना बढेको छ। बर्षातको समयमा उक्त प्वाल झन ठूलो हुँदै सडक भासिने जोखिम रहेको र उक्त सडकमा सहज ढंगले ओहोरदोहोर गर्न सकिने अवस्था पनि नभएको स्थानीयले बताए।
Facebook Comments Box