धनगढीः धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेका बताइएको छ । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ ।
सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी निलम्बनमा परेका बताइएको छ । उनीहरु एक महिनाका लागि निलम्बनमा परेका हुन् । फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएको हो ।
Facebook Comments Box