कैलाली: कैलालीमा अखेटोपहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका-५ सडकपुरका ४२ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् ।
उनलाई आज आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलियाले पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीलाई जिल्ला अदालत कैलालीले अखेटोपहार मुद्दामा २०७३ जेठ ०३ गते १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
हालसम्म फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इप्रका हसुलियाले जनाएको छ ।
Facebook Comments Box