काठमाडौँ: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्न थप एक जना फेला परेका छन् ।
विभिन्न व्यक्तिलाई ठगेको जाहेरीपछि फरार रहेका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले स्वयम्भू नजिकैबाट नियन्त्रणमा लिइएको बताएको छ ।
५९ वर्षे तुलाधरलाई स्वयम्भू नजिकैको सानो भर्याङबाट प्रहरीले पक्रेको हो । काठमाडौं असनका केशव नयाँबजार खुशिबुमा बस्दै आएका थिए ।
उनलाई ठगी तथा संगठित अपराधसमेतको कसूरमा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकू लगिएको छ ।
Facebook Comments Box