महेन्द्रनगर : कञ्चनपुरको लाझझाडिमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् ।
बिहिबार लालझाडी गाउँपलिका -६ ढक्कास्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका -९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघकाे आक्रममा परि घाइते भएको बेलौरी नगरपालिका -९ का वडा अध्यक्ष किसन रानाले बताए ।
बाघको आक्रमणमा परि डगौराको आखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय प्रेम चन्दले बताए । उनको अहिले धनगढीस्थित नव जीवन अस्पतालमा उपचार भइरहेको छ ।
वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाहरुको समुह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो । सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ ।
Facebook Comments Box