दार्चुला: दार्चुलामा एक चिया पसलमाथि ढुङ्गा खस्दा दार्चुला उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत अमर महरा घाइते भएका छन् ।
जिल्लाको महाकाली नगरपालिका–४ रिङने ताल नजिकको मानसिंह बडालको चिया पसलमा बसिरहेको बेला माथिबाट ढुङ्गा खस्दा महरा घाइते भएका हुन् ।
जिल्लाको दुहुँ गाउँपालिका–५ घर भएका उनलाई जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
महराको टाउकोमा चोट लागेको छ भने बडालको चिया पसलमा पनि क्षति भएको छ ।
Facebook Comments Box