कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० का ३८ वर्षीय रमेश कार्कीसहित दुई जना पक्राउ परेका हुन् ।
जिल्लाका विभिन्न स्थान भीमदत्त–४, भीमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार २ सय ७५ मूल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित पक्राउ परेका हुन् ।
त्यस्तै, धनगढी–३ मिलनचोकबाट भन्सार छलीका अन्दाजी ४२ हजार ५ सय मूल्य बराबरको चिनी, डेरी मिल्क, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box