धनगढी: सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा टायल बिछ्याउने कार्यका लागि १० लाख बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख टायल विछ्याउनका लागि छुट्टयाईएको छ।
यस्तै, मन्त्रालयको कार्यालय भवनमा रङ्गरोगन गर्न १० लाख बजेट र मन्त्रालय परिसरभित्र बगैचा बनाउने कार्यका लागि १० लाख बजेट विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नगद तथा आन्तरिक स्रोतबापत सो बजेट विनियोजन गरिएको हो।
Facebook Comments Box