काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक बस्न लागेको हो । स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने तयारी गरेका छन्। आज बिहान बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।
हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए।
यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेको थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।