बाजुरा: बाजुराको बडिमालिका नगरपालिका- ६ का वडाध्यक्ष कृष्ण खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको छ। वडाध्यक्ष कृष्ण खड्का विरुद्ध जातीय विभेद गर्न नहुने कसुर सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहाराले बताए।
बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विकले वडाअध्यक्ष खड्काले कार्यालय समयमा जातीय विभेद गरेर अपशब्द बाेलेकाे भन्दै निवेदन दिएका छन्।
केही साता अगाडी अध्यक्ष खड्काले प्रमुख प्रशासकिय अधिकृत विकबीच याेजनाका बारेमा विवाद भएकाे थियाे। बिवादका क्रममा वडाअध्यक्ष खड्काले कार्यकारीको कार्यकक्षमै विकलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्न धम्की दिएको जाहेरीमा उल्लेख छ।
Facebook Comments Box