धनगढीः कैलालीको मोहन्यालमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
शुक्रबार बेलुकादेखि प्रसुति ब्यथा लागेपनि शनिबार दिउँसोसम्म बच्चा नजन्मिएपछि मोहन्याल गाउँपालिका–४ ओखलढुंगाकी ३७ वर्षीया विमला सार्कीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो।
सुत्केरी व्यथाले च्यापेर बिरामीको अवस्था जटिल हुँदै गएपछि आज (शनिबार) हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले बताए।
Facebook Comments Box