बैतडी: बैतडी भित्र रहेका खानेपानीका मुहानहरूमा ‘कोलिफर्म’ किटाणु फेला परेको छ। खानेपानीका मुहानहरूमा परीक्षण गर्दा दिशामा हुने ‘कोलिफर्म’ कीटाणु फेला परेको हो।
स्वास्थ्य कार्यालय बैतडीले नमूना संकलन तथा परीक्षण गर्दा कतिपय खानेपानीका मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए। संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको उनले बताए।
दशरथचन्द नगरपालिका ११, पुर्चौडीमा १२, पाटनमा १३,मेलौलीका १७ खानेपानीका मुहानमा केलिफर्म कीटाणु फेला परेको छ। यस्तै पञ्चेश्वरका १४, शिवनाथका १२, सिगासका १०, सुर्नयाका १७, दोगडाकेदारको १८ र डिलाशैनि गाउँपालिकाका १२ ओटा पानीका मुहानमा कोलिफर्म कीटाणु भेटिएको हो।
नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ ।