काठमाडौँ: भारतीय गुप्तचर संस्था ‘र’ को नेपालस्थित कार्यालयमा दुई जना अधिकारी थप भएका छन् । लामो समयदेखि भारतीय इन्टेलिजेन्स विभागको यहाँस्थित कार्यालयमा एउटा दरबन्दी खाली थियो ।
अघिल्लो महिना नेपाल आएर भर्खरै ‘र’ प्रमुखमा नियुक्ति पाएका रवि सिन्हाले नेपालस्थित डेस्कको रिक्त पदमा दार्जिलिङका एक नेपालीभाषी पुरुष र एक महिलालाई नियुक्त गरेका छन् । अहिले नेपालमा ‘र’को १७ सदस्यीय टोली सक्रिय छ ।
Facebook Comments Box