डोटी : शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८१८ जनाले जाहेरी दिएका छन् । असारसम्म जाहेरी दिनेहरुले ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार हालसम्म सो रकम दाबीसहितको उजुरी आएका छन् ।
‘हामीले डोटीमा नौ करोड जति हुनसक्छ भन्ने अनुमान गरेका छौं’, भण्डारीले भने, ‘करिब साढे ६ करोडको दाबी आइसक्यो । बाँकी कति आउँछ भन्न सकिन्न ।’
अन्य जिल्लामा शिव शिखर सहकारी संस्थाले ठगेको उजुरी आउन थालेपछि डोटीमा पनि सो संस्थाको शाखा भएकाले उजुरी आह्वान गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
Facebook Comments Box