काठमाडौँ: नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावलले साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् ।
उनले त्यसको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका छन् ।
केन्द्रीय सदस्यसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो ।
Facebook Comments Box