काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त कुँवरले २४ जना प्रहरीलाई पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा कार्यालय सहयोगीदेखि एआईजीसम्म छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन्।
उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो।
आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमानदार, लगनशील, व्यावसायिक र कर्तव्यनिष्ट ढंगले पूरा गरेको भन्दै उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो।
आइजिपीबाट पुरस्कृत हुने अन्यमा एआइजी मीरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्यदेखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन्।
यसरी पुरस्कृत गर्दा प्रहरीहरुमा सकारात्मक प्रभाव पर्ने र काम गर्नै हौसला प्राप्त हुने प्रहरी प्रधान कार्यालयले बताएको छ। यो निर्णयले प्रहरी कर्मचारीमा सकारात्मक प्रभाव पर्ने कार्यालयको विश्वास छ।