काठमाडौँ: सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।
पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नूहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडिएक्स बारुदको बम राखिएको छ। सावधान रहनूहोला। संयोजक सफल।’
६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको हो।
अञ्जान व्यक्तिले आज मात्रै ५ लाख माग्नका लागि ९ पटक फोन गरेको उनले बताए। शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन ।
नेपाल प्रहरीको अनुसन्धानपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताइएको छ।