धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले राहदानी लिने आउने सेवाग्राहीका लागि सहजीकरणको व्यवस्था गरेको छ। सेवाग्राही स्वयंमले फाराम भर्न नसक्ने अवस्थामा कार्यालयबाटै भरिदिने व्यवस्था प्रशासन कार्यालयले मिलाएको हो।
प्रशासकीय अधिकृत दीपा जोशीका अनुसार अब सेवाग्राही स्वयंमले राहदानीको फाराम भर्न नसक्ने अवस्थामा राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयमा रहेको राहदानी शाखाबाटै भरिने छ।
यसअघि राहदानी सेवा लिने सेवाग्राहीहरुले प्रि–ईन्रोलमेन्ट फाराम बाहिरबाट भरेर लग्नुपर्ने बाध्यता थियो। साथै, यसरी फाराम भर्दा सेवाग्राहीले दुई सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपथ्र्यो।
तर, प्रशासन कार्यालयले राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयबाटै निःशुल्क रुपमा भरिदिने व्यवस्था गरेपछि यसबाट सेवाग्राहीलाई सहजीकरण हुने देखिन्छ।
Facebook Comments Box