काठमाडौं: आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ।
मौसम महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौदमविदका अनुसार अब दुई/तीन ठूलो वर्षाको सम्भावना छैन। ।तर साँझपख बादल बढ्ने र क्षणिक खालको वर्षा हुने बताइएको छ।
यस्तै राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Facebook Comments Box